हामीले समयसामयिक प्रस्तुतीलाई बिशेषरुपमा प्रकाशनका लागि जोड दिने गर्दछौ । यसै क्रममा भ्यालेनटाइन्सडे अर्थात प्रेम दिवस मा पनि हामीलाई धेरै ईमेल पत्र प्राप्त भएकाछन सबै पत्रलाई समेट्न नसकेपनी केही पत्र लाई प्रकाशित गर्ने कोशीश गरेका छौ । बाँकी पत्र आउँदा दिनमा प्रकाशित गरिने छ । कृपया आफ्ना अमुल्य सल्लाहसुझाब दिन नभुल्नु होला । laliguransh
प्रस्तुती - पाण्डे गाउले फेब्रुअरी १४ तारिखका दिन प्रेमको प्रतिकको रुपमा मनाइने "भ्यालेनटाइन डे" बिशेषत: युवा पुस्ताको आकर्षणको केन्द्रबिन्दुको रुपमा रहँदै आएको पाइन्छ । प्रेम नै सृस्टिको आधार भएको कारण यो कुनै जाती, बर्ग, समुदाय, लिंग आदिमा मात्र सीमित नभएर सर्बब्यापी छ र सृस्टिको निरन्तरताको लागि यो अपरिहार्य छ । र पनि प्राकृतिक नियमानुसार बिशेषत: युवा समुदायमाझ यस्ले बिशेष महत्व पाउनु स्वाभाबिक पनि देखिन्छ । यो क्रिस्चियन समुदायमा इ सं ४९६ मा पोप गेलसिअसले शुरुवात गरेको देखिन्छ र परंपरागत रुपमा प्रेमी प्रेमिकाहरुले एकापसमा फूल प्रदान गरेर, चकलेट दिएर र कार्ड पठाएर प्रेम ब्यक्त गर्ने गरेको पाईन्छ । अहिलेको आधुनिक बिस्वमा भने बिशेषत: मुटुको आकारको चिन्हलाई "भ्यालेनटाइन डे" को प्रतिकको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ ।
हामी नेपाली जन्मजातै सबैको कला र संस्कृतिलाई माया गर्छौ भन्ने कुरामा सन्देह छैन । र झन अहिलेको खुला बिस्व अवस्थाका कारण एक स्थान, समुदायमा देखा पर्ने कुनै पनि घटनाको प्रभाब अन्य स्थान र समुदायमा पनि पर्नु स्वाभाबिक छ । त्यसैले हामी कतै आधुनिक बन्ने क्रममा हामीलाई नै त भुल्दै छैनौ? भनी सोंच्नु पनि सान्दर्भिक देखिन्छ ।
किनकि हामीले हाम्रो संस्कृति र हाम्रो कलालाई बचाउँन सक्यौं भने मात्र हामी नेपाली हुनुको वास्तविक अर्थ रहन्छ किनकि आफ्नोपन बिना हामी को हौं भन्ने प्रश्नको सही जवाफ पाउन सकिन्न । मेरो आसय यो होईन कि यो चाड नै नमान्ने, मान्नु पर्छ अबस्य पनि तर माया भन्ने कुरा सबैको लागि नि:सन्देह अति महत्वपूर्ण बिषय भएको कारण आफन्तसँग भेंटघाट गर्ने, दु:ख सुख बाँड्ने, सबैको आदर सत्कार गर्ने, कोही आफ्नो जीवनको शुरुवात गर्ने क्रममा आँफूलाई मन परेको मान्छे छ भने पनि आफ्नो परिवारसँग त्यो दिनमा भेट गराउने जस्ता गतिबिधिहरु मार्फत यसलाई मनाइनु उपयुक्त हुन्छ अरुको नक्कल मात्र गर्ने किसिमले भन्दा ।
यसले गर्दा हाम्रो जस्तो अझै पनि पिछडिएको र पुरातनबादी सोंचले ब्याप्त समाजमा युबतिहरुलाई जुन घरमा आफ्नो जिन्दगी सुम्पनु पर्ने हो त्यो घरको परिवारका सदस्यका बिचारहरु केही हदसम्म जान्ने बुझ्ने सुअवसर मिल्न पनि सक्छ । एउटा "भ्यालेनटाइन डे" मा एउटालाई मन पराएर अर्को "भ्यालेनटाइन डे" आउँदा पुन: अर्कैसँग मनाउने जस्ता छाडा संस्कृतिलाई रोक्नु पर्छ । किनकि प्रेम भनेको अजर अमर हुनुपर्छ न कि खहरे खोला जस्तो ।
हामी आजको यो अवस्थासम्म आइपुग्दा धेरै सभ्य र सचेत हुँदै गएका छौ तापनि यो सानो आलेखले केही मात्रामा भए पनि प्रोत्साहन दिन सफल भयो भने त्यो नै यस्को सफलता ठहरिने छ । र यही मनसाय बोकेर मैले यो छोटो लेख प्रस्तुत गरेकी हुँ हामी नजिक आउँदै गरेको "भ्यालेनटाइन डे"को अवसरमा । राम्रो कुराको शुरुवात तपाईं हामी जो कोहीबाट आजै र अहिलेदेखि नै थालनी गर्नु पर्छ र यो हामी मानव हुनुको दायित्व र कर्तब्य पनि हुन आउँछ होला जस्तो लाग्छ मेरो बिचारमा हुन त मेरा कुरामा सबै सहमत हुनै पर्छ भन्ने छैन। तर मेरो एउटा आग्रह राम्रो कुरा हाम्रो जीवनमा हामीले लागु गर्न सक्यौ भने हाम्रो देश नेपाल शान्तिप्रिय बुद्दको जन्मस्थल भनेर सबैलाई चिनाउन त्यत्ति जरुरी नपर्ला कि जस्तो लाग्छ मलाई । आउनुस हामी सभ्य बनौ अनि अरुलाई सभ्य बनाऔ, अरुको देशको संस्कृति मनाउने क्रममा आफ्नो पहिचान गुमाउनेतिर नलागौं !!!

------------------------------------------
- रामु गैरे-अर्घाखाँची चिउरामाटी हाल : दुबइबाट
सर्बप्रथम त नमस्कार छ सम्पूर्ण laliguransh वेब समुहलाई म रामु गैरेको यदी प्रसारण गर्न योग्य भएमा कृपया प्रकाशित गरिदिनु भएमा आभारी हुने थिए । "तिम्रा हरेक क्षण अगाडिका दु:ख पिडाहरुलाईएक साहासि महिला बनी गर्दै जाउ समानातिमी देखी धेरै टाढा यो बिदेशको भुमिबाटै भएपनीमेरी ह्रीदयकी रानीलाई भ्यालेनटाइनडेको मिठो चुम्बन साथै शुभकामना !! "
मेरी हृदयकी रानीलाई म उही तिम्रो ह्रदयको राजा रामुको तर्फदेखी यो भ्यालेन्टाइनडे को शुभअबसरमा गुलाबका गुच्छाहरु साथै अमर रुपी मिठो चुम्बन छ तिमीलाई स्वीकार ल !तिमी देखी जती टाढा भएपनी तिम्रो अटुट माया सधैं भरी साथमै छ । प्रत्येक साल जस्तै यो साल पनि भ्यालेन्टाइनडे को उपलक्ष्यमा बिलिएन -बिलिएन शुभकामना , तिम्रो जिन्दगीमा सधैंभरी हासो नै हासो छाइरहोस् ,तिमिले चालेका हरेक कदमहरुले सगरमाथाले जस्तै ऊच्च स्थान टेक्न सफल होस् तिम्रो र मेरो यो अटुट् अमर माया सधैंभरी नै रहिरहोस् । कहिल्यै पनि तिम्रो सुनौलो जिन्दगीमा दु:ख कस्ट आइ नपरोस ! पोहोर साल को भ्यालेन्टाइनडे त सँगइ मनएथौ , तर अहिले त सँगै मनाउन पाएनौ , केही छैन ! जिन्दगी यस्तै रहेछ कहिले मिलन त कहिले बिछोड, जे जस्तो भए पनि मायामा जती खेरै सुकै मिलनै मिलन रहेछ मायामा बिछोड रहेन्छ तेसैले बिछोडको महसुस नगर्नु मात्र शरीरिक बिछोड हो । फेरी अर्को आउदो भ्यालेन्टाइनडे सँगै मनाउला है त ! यस शुभकामना अर्घाखाँची डट् कम मार्फत तिम्रो सामु ब्यक्त गर्दै अहिले लाई यो चलिरहेको कलमलाई मनले नमान्दा नमान्दै यत्तिकैमा तिमी सँग बिदा हुने आज्ञामाग्छु ..............उही तिम्रो ह्रिदएको राजा फेरी एक पटक आइललभयु अनी मिठो चुम्बन !
-------------------------------

-मानबहादुर थापा बाग्लुङ - धौलागिरी हाल : सम्युत्त अरव एमीरेट्स - यूएई,दुबई
भनिन्छ, प्रेम हेराइबाट सुरु हुन्छ । बोलिबाट नजिकिन्छ । उपहार र स्पर्शबाट विकास हुन्छ । र कहिले मिलन त कहिले विछोडमा टुगिंन्छ । त्यसैले प्रेम गरिरहनु पर्दैन, आफै हुन्छ ।प्रेमलाई दार्शनिक, गुरु वा प्रेमीहरुले आआफ्नै हिसाबले व्याख्या गरेका छन् । दार्शनिक ओशोले भनेका छन्, 'प्रेम सारा जगत् प्रतिको सद्भाव हो । दुखमा त्यो भन्दा पर्तिर दुख्ने ठाउँ छैन र सुखमा हुने आनन्द त्यसमा जति अरु केहीमा छैन ।'प्रेममा दुखी हुनेको कमी छैन, सुखानुभूति गर्ने पनि त्यत्तिकै छन् । मनमा प्रेम कल्पेर रमाउनेमात्रै पनि धेरै छन् । मन परेको आफ्नो मनको कुरा सुनाउन १४ फेबु्रअरीको भ्यालेनटाइन डे कुरेर बस्ने पनि कति होलान् । रातो गुलाब, गि्रटिङ्स र चकलेट वा अन्य भौतिक उपहारसँगै आफ्नो पे्रमिल भाव पोको पारेर दिने योजना निकैको होला । किनकि इश्वीको २७० तिर रोमका एक पादरी सेन्ट भ्यालेनटाइनका नाममा सुरु प्रेम दिवस आइतबार मनाइँदैछ ।
-----------------------------
गीत मायालुलाई - जनक गैरेधन्चौर ४ तोडुक अर्घाखाँचीप्रेम दिवसको उपलक्षमामायालु प्रति समर्पित !!!तिमीसंग संगै बितुन, सुख दुखका साथहरुसङ्गीत भएर गुन्जियुन, तिम्रा बोलि र बातहरु म होसमा झुमे भने, गीत तिम्रै लेखिरहूँबेहोसीमा डुबें भने, तिम्रो मुहार देखिरहूँसाथै रहुँ तिमीसित, छल्दै घात र आघातहरुसङ्गीत भएर गुन्जियुन, तिम्रा बोलि र बातहरु तिमीलाई देखुँ तिम्रो, भित्रि बाहिरि रुप देखुँयो मेरो स्वार्थ नै भयो, तिम्रो सुन्दर स्वरूप देखुँतिमि हाँस्दा बादल फाटी, उज्यालिउन ति रातहरुसङ्गीत भएर गुन्जियुन, तिम्रा बोलि र बातहरु

No comments:
Post a Comment