Home

Saturday, March 6, 2010

जवानीमा साथीहरुसंग संगतगर्दा ध्यान दिनुहोस:

१. कुनै पनि कुरामा निर्णय गर्दा मन भन्द दिमागको प्रयोग गर्ने गर्नु होला ।२. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने कुरा कहिल्ये नबिर्सनु ।३. एक अर्काको भावनाको आदर गर्ने गर्नुस।४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई भन्ने गर्नुस ।५. बाबु आमा लाई साथी झै सम्झनुहोस । हरेक कुराहरु मिलाएर भन्ने गर्नुहोस ।६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर निर्णय गर्ने गर्नुहोस ।७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय नबदल्नुस, आफ्नो भावनाहरुलाई नियन्त्रनमा राख्नुहोस।८. पछि पछुताउनुपर्ने कुनै काम नगर्नुहोस।९. एक अर्का संग भेट्दा सके सकेसम्म एकान्तमा कहिले नभेत्नु ।१०. बिश्वासको सिमा निर्धारण गर्नुहोस ।११. आफ्नो पहिरनलाई शालिनताको हदमा रख्नुहोस।१२. पैसाको लेनदेनलाई एक सिमा सम्म मात्र गर्ने गर्नुहोस। १३. ग्लामोरको पछाडी नलाग्नुहोस ।१४. आफ्नो सामर्थ अनुसारको ब्यबहार गर्नुहोस।

किशोरावस्थामा अभिभावकको दायित्व

आजको युगमा बिकाशले गती लिन नसकेता पनि फेशन, पाश्चात्य चलन आदी बिश्वको हरेक कुनामा पुगेको छ। राम्रा कुराहरु अनुसरण नगरेतापनि यस्ता आधुनिक रहनशहन हरेकले देखासिकी गर्ने गर्छन्। आजकाल अभिभावकहरुले बच्चाहरुको हेरचार बाल्यकालसम्म मात्र गर्नुपर्छ भनेर सोचेमा त्यो गलत हुन जान्छ। बास्तवमा भन्ने हो भने अभिभावकहरुले बाल्यकालपछी किशोरावस्थामा सबभन्दा बढी ध्यान पुर्याउनु पर्छ। यस बेला गरेको एउटा भुलले मानिसहरु जीवनभर पछुताइरहेको कैयन उदाहरणहरु छन् तसर्थ यस समयमा हभिभावकहरु सबभन्दा होशियार हुनुपर्छ। किशोरावस्था मा उनीहरुलाइ सही र गलतको ज्ञान हुदैनयस बेला हरेक किशोरहरुमा शाररीक तथा भावनात्मक परिवर्तन आउन थालेको हुन्छ। संयुक्त परिवार भएको ठाँउमा एकान्त कम हुने हुनाले समस्यापनि कमनै हुन्छ तर एकल परिवार भएको तथा इण्टरनेट भएको अवस्थामा यो समस्याले बिकराल रुप लिन सक्छ। यस उमेरमा सहि के हो र गलत के हो भनेर ठम्याउन नसक्नु तथा कौतुहलताले गर्दा किशोरावस्था मा अक्सर बहकन सक्छ तसर्थ अभिभावकहरुले यस समयमा बढी ध्यान पुर्याउनु पर्छ।किशोरावस्था मा उनीहरुलाइ ठिक बेठिकको ज्ञान दिनुपर्छयस बेला हरेक किशोरको मन चाडै बहकने तथा देखासिकी गर्ने हुँदा उनीहरुलाइ हरेक सहि र गलत बारे जानकारी दिनु जरुरी हुन्छ। चुरोट, मध्यपान के हो, यसका अबगुणहरु के के हुन ? यसबाट हुने हानीहरु के हुन ? अभिभावकहरुले यस बारेमा खुलस्त कुरा गरेर यस्ता लतमा लागेको छ छैन भनि ध्यान पुर्याउनु पर्छ।किशोरावस्था मा उनीहरुले जान्न चाहेको कुरा बताउनु पर्छ आजकाल फिल्म, टि‍. भि को ठुलो प्रभाव हुने हुन्छ । यस अवस्थामा यी अबोध किशोरहरुले यौन देखी लिएर हरेक कुराबारे सोध्न सक्छ त्यस अवस्थामा उनीहरुलाइ यस बारेमा बताउनु पर्छ। लाज मानेर यो तिमीहरुलाइ चाहिने कुरा होइन भनि पन्छिन खोजेमा उनीहरु त्यस प्रती झन उत्सुक हुन जान्छ यसबाट यस बारे जानकारी पाउन कतिपयले गलत कदम समेत चाल्न सक्छ तसर्थ किशोरावस्थामा उनीहरुले सोधेका हरेक प्रश्नहरुको उत्तर बुद्धिमतापुर्व दिनु पर्छ।किशोरावस्थामा गर्ने भूल अभिशाप बन्न सक्छकिशोरावस्थामा उनीहरुले हरेक कुरा ध्यान पुर्वक सुन्ने, सिक्ने, देखासिकी गर्ने भएबाट उनीहरुलाइ हरेक कुरा बारेमा ज्ञान दिनु जरुरी छ । उनीहरुलाइ ठिक बेठिक तथा कुन काम कहिले गर्ने भनी जानकारी दिनु अति जरुरी हुन्छ। नत्र यस उमेरमा हुने एउटा भुल उनिहरुको जीवनभरकालागी अभिशाप हुन सक्छ। तसर्थ हरेक अभिभावकहरु यस अवस्थामा पुगेकाहरु संग मित्र बन्न सक्नु पर्छ जसले गर्दा उनीहरुको हरेक गतिबिधिलाइ नजिकबाट नियाल्न सकिन्छ।

महिला कुरा गोप्य राख्न सक्दैनन्

लण्डन - औसत महिलाले आफ्ना कुनै पनि कुरा ४७ घण्टाभन्दा गोप्य राख्न नसक्ने एक अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताले महिलाले औसत ४७ घण्टा १५ मिनेटमा कम्तिमा एक जना व्यक्तिलाई गोप्य कुरा सुनाउने गरेको अध्ययनले देखाएको छ। महिलाले गोप्य कुरा सुनाउने पहिलो व्यक्तिमा प्रेमी, लोग्ने, मिल्ने साथी वा आमा हुने गरेका छन्। अध्ययनमा १६ देखि ६४ वर्ष उमेरका तीन हजार महिला सहभागी भएका थिए। अध्ययनमा भाग लिने १० मध्ये ४ जनाले विषय जति सुकै व्यक्तिगत वा महत्वपूर्ण भए पनि आफूले त्यसलाई गोप्य राख्न नसक्ने स्वीकार गरेका थिए। अध्ययनले मदिरा गोप्य कुरा ओकल्न सहयोग गर्ने प्रमुख बस्तु भएको समेत देखाएको छ। आधाभन्दा बढीले एक वा दुई ग्लास रक्सी पिएपछि उनीहरुले त्यस्तो गोपनीयता अन्यलाई सुनाउने गरेको बताएका छन्। अनुसन्धान गर्ने वाइन अफ चिली बेलायती निर्देशक माइकल कोक्सले भने 'यो प्रमाणिक हो- महिलाले गोप्यता राख्द सक्दैनन्।'

Friday, March 5, 2010

भ्यालेनटाइन्डे बिशेष : प्रेम दिवस - प्रस्तुती






हामीले समयसामयिक प्रस्तुतीलाई बिशेषरुपमा प्रकाशनका लागि जोड दिने गर्दछौ । यसै क्रममा भ्यालेनटाइन्सडे अर्थात प्रेम दिवस मा पनि हामीलाई धेरै ईमेल पत्र प्राप्त भएकाछन सबै पत्रलाई समेट्न नसकेपनी केही पत्र लाई प्रकाशित गर्ने कोशीश गरेका छौ । बाँकी पत्र आउँदा दिनमा प्रकाशित गरिने छ । कृपया आफ्ना अमुल्य सल्लाहसुझाब दिन नभुल्नु होला । laliguransh


प्रस्तुती - पाण्डे गाउले फेब्रुअरी १४ तारिखका दिन प्रेमको प्रतिकको रुपमा मनाइने "भ्यालेनटाइन डे" बिशेषत: युवा पुस्ताको आकर्षणको केन्द्रबिन्दुको रुपमा रहँदै आएको पाइन्छ । प्रेम नै सृस्‍टिको आधार भएको कारण यो कुनै जाती, बर्ग, समुदाय, लिंग आदिमा मात्र सीमित नभएर सर्बब्यापी छ र सृस्‍टिको निरन्तरताको लागि यो अपरिहार्य छ । र पनि प्राकृतिक नियमानुसार बिशेषत: युवा समुदायमाझ यस्ले बिशेष महत्व पाउनु स्वाभाबिक पनि देखिन्छ । यो क्रिस्चियन समुदायमा इ सं ४९६ मा पोप गेलसिअसले शुरुवात गरेको देखिन्छ र परंपरागत रुपमा प्रेमी प्रेमिकाहरुले एकापसमा फूल प्रदान गरेर, चकलेट दिएर र कार्ड पठाएर प्रेम ब्यक्त गर्ने गरेको पाईन्छ । अहिलेको आधुनिक बिस्वमा भने बिशेषत: मुटुको आकारको चिन्हलाई "भ्यालेनटाइन डे" को प्रतिकको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ ।
हामी नेपाली जन्मजातै सबैको कला र संस्कृतिलाई माया गर्छौ भन्ने कुरामा सन्देह छैन । र झन अहिलेको खुला बिस्व अवस्थाका कारण एक स्थान, समुदायमा देखा पर्ने कुनै पनि घटनाको प्रभाब अन्य स्थान र समुदायमा पनि पर्नु स्वाभाबिक छ । त्यसैले हामी कतै आधुनिक बन्ने क्रममा हामीलाई नै त भुल्दै छैनौ? भनी सोंच्नु पनि सान्दर्भिक देखिन्छ ।

किनकि हामीले हाम्रो संस्कृति र हाम्रो कलालाई बचाउँन सक्यौं भने मात्र हामी नेपाली हुनुको वास्तविक अर्थ रहन्छ किनकि आफ्नोपन बिना हामी को हौं भन्ने प्रश्नको सही जवाफ पाउन सकिन्न । मेरो आसय यो होईन कि यो चाड नै नमान्ने, मान्नु पर्छ अबस्य पनि तर माया भन्ने कुरा सबैको लागि नि:सन्देह अति महत्वपूर्ण बिषय भएको कारण आफन्तसँग भेंटघाट गर्ने, दु:ख सुख बाँड्ने, सबैको आदर सत्कार गर्ने, कोही आफ्नो जीवनको शुरुवात गर्ने क्रममा आँफूलाई मन परेको मान्छे छ भने पनि आफ्नो परिवारसँग त्यो दिनमा भेट गराउने जस्ता गतिबिधिहरु मार्फत यसलाई मनाइनु उपयुक्त हुन्छ अरुको नक्कल मात्र गर्ने किसिमले भन्दा ।

यसले गर्दा हाम्रो जस्तो अझै पनि पिछडिएको र पुरातनबादी सोंचले ब्याप्त समाजमा युबतिहरुलाई जुन घरमा आफ्नो जिन्दगी सुम्पनु पर्ने हो त्यो घरको परिवारका सदस्यका बिचारहरु केही हदसम्म जान्ने बुझ्ने सुअवसर मिल्न पनि सक्छ । एउटा "भ्यालेनटाइन डे" मा एउटालाई मन पराएर अर्को "भ्यालेनटाइन डे" आउँदा पुन: अर्कैसँग मनाउने जस्ता छाडा संस्कृतिलाई रोक्नु पर्छ । किनकि प्रेम भनेको अजर अमर हुनुपर्छ न कि खहरे खोला जस्तो ।
हामी आजको यो अवस्थासम्म आइपुग्दा धेरै सभ्य र सचेत हुँदै गएका छौ तापनि यो सानो आलेखले केही मात्रामा भए पनि प्रोत्साहन दिन सफल भयो भने त्यो नै यस्को सफलता ठहरिने छ । र यही मनसाय बोकेर मैले यो छोटो लेख प्रस्तुत गरेकी हुँ हामी नजिक आउँदै गरेको "भ्यालेनटाइन डे"को अवसरमा । राम्रो कुराको शुरुवात तपाईं हामी जो कोहीबाट आजै र अहिलेदेखि नै थालनी गर्नु पर्छ र यो हामी मानव हुनुको दायित्व र कर्तब्य पनि हुन आउँछ होला जस्तो लाग्छ मेरो बिचारमा हुन त मेरा कुरामा सबै सहमत हुनै पर्छ भन्ने छैन। तर मेरो एउटा आग्रह राम्रो कुरा हाम्रो जीवनमा हामीले लागु गर्न सक्यौ भने हाम्रो देश नेपाल शान्तिप्रिय बुद्दको जन्मस्थल भनेर सबैलाई चिनाउन त्यत्ति जरुरी नपर्ला कि जस्तो लाग्छ मलाई । आउनुस हामी सभ्य बनौ अनि अरुलाई सभ्य बनाऔ, अरुको देशको संस्कृति मनाउने क्रममा आफ्नो पहिचान गुमाउनेतिर नलागौं !!!

------------------------------------------
- रामु गैरे-अर्घाखाँची चिउरामाटी हाल : दुबइबाट
सर्बप्रथम त नमस्कार छ सम्पूर्ण laliguransh वेब समुहलाई म रामु गैरेको यदी प्रसारण गर्न योग्य भएमा कृपया प्रकाशित गरिदिनु भएमा आभारी हुने थिए । "तिम्रा हरेक क्षण अगाडिका दु:ख पिडाहरुलाईएक साहासि महिला बनी गर्दै जाउ समानातिमी देखी धेरै टाढा यो बिदेशको भुमिबाटै भएपनीमेरी ह्रीदयकी रानीलाई भ्यालेनटाइनडेको मिठो चुम्बन साथै शुभकामना !! "

मेरी हृदयकी रानीलाई म उही तिम्रो ह्रदयको राजा रामुको तर्फदेखी यो भ्यालेन्टाइनडे को शुभअबसरमा गुलाबका गुच्छाहरु साथै अमर रुपी मिठो चुम्बन छ तिमीलाई स्वीकार ल !तिमी देखी जती टाढा भएपनी तिम्रो अटुट माया सधैं भरी साथमै छ । प्रत्येक साल जस्तै यो साल पनि भ्यालेन्टाइनडे को उपलक्ष्यमा बिलिएन -बिलिएन शुभकामना , तिम्रो जिन्दगीमा सधैंभरी हासो नै हासो छाइरहोस् ,तिमिले चालेका हरेक कदमहरुले सगरमाथाले जस्तै ऊच्च स्थान टेक्न सफल होस् तिम्रो र मेरो यो अटुट् अमर माया सधैंभरी नै रहिरहोस् । कहिल्यै पनि तिम्रो सुनौलो जिन्दगीमा दु:ख कस्ट आइ नपरोस ! पोहोर साल को भ्यालेन्टाइनडे त सँगइ मनएथौ , तर अहिले त सँगै मनाउन पाएनौ , केही छैन ! जिन्दगी यस्तै रहेछ कहिले मिलन त कहिले बिछोड, जे जस्तो भए पनि मायामा जती खेरै सुकै मिलनै मिलन रहेछ मायामा बिछोड रहेन्छ तेसैले बिछोडको महसुस नगर्नु मात्र शरीरिक बिछोड हो । फेरी अर्को आउदो भ्यालेन्टाइनडे सँगै मनाउला है त ! यस शुभकामना अर्घाखाँची डट् कम मार्फत तिम्रो सामु ब्यक्त गर्दै अहिले लाई यो चलिरहेको कलमलाई मनले नमान्दा नमान्दै यत्तिकैमा तिमी सँग बिदा हुने आज्ञामाग्छु ..............उही तिम्रो ह्रिदएको राजा फेरी एक पटक आइललभयु अनी मिठो चुम्बन !

-------------------------------
















-मानबहादुर थापा बाग्लुङ - धौलागिरी हाल : सम्युत्त अरव एमीरेट्स - यूएई,दुबई
भनिन्छ, प्रेम हेराइबाट सुरु हुन्छ । बोलिबाट नजिकिन्छ । उपहार र स्पर्शबाट विकास हुन्छ । र कहिले मिलन त कहिले विछोडमा टुगिंन्छ । त्यसैले प्रेम गरिरहनु पर्दैन, आफै हुन्छ ।प्रेमलाई दार्शनिक, गुरु वा प्रेमीहरुले आआफ्नै हिसाबले व्याख्या गरेका छन् । दार्शनिक ओशोले भनेका छन्, 'प्रेम सारा जगत् प्रतिको सद्भाव हो । दुखमा त्यो भन्दा पर्तिर दुख्ने ठाउँ छैन र सुखमा हुने आनन्द त्यसमा जति अरु केहीमा छैन ।'प्रेममा दुखी हुनेको कमी छैन, सुखानुभूति गर्ने पनि त्यत्तिकै छन् । मनमा प्रेम कल्पेर रमाउनेमात्रै पनि धेरै छन् । मन परेको आफ्नो मनको कुरा सुनाउन १४ फेबु्रअरीको भ्यालेनटाइन डे कुरेर बस्ने पनि कति होलान् । रातो गुलाब, गि्रटिङ्स र चकलेट वा अन्य भौतिक उपहारसँगै आफ्नो पे्रमिल भाव पोको पारेर दिने योजना निकैको होला । किनकि इश्वीको २७० तिर रोमका एक पादरी सेन्ट भ्यालेनटाइनका नाममा सुरु प्रेम दिवस आइतबार मनाइँदैछ ।

-----------------------------
गीत मायालुलाई - जनक गैरेधन्चौर ४ तोडुक अर्घाखाँचीप्रेम दिवसको उपलक्षमामायालु प्रति समर्पित !!!तिमीसंग संगै बितुन, सुख दुखका साथहरुसङ्गीत भएर गुन्जियुन, तिम्रा बोलि र बातहरु म होसमा झुमे भने, गीत तिम्रै लेखिरहूँबेहोसीमा डुबें भने, तिम्रो मुहार देखिरहूँसाथै रहुँ तिमीसित, छल्दै घात र आघातहरुसङ्गीत भएर गुन्जियुन, तिम्रा बोलि र बातहरु तिमीलाई देखुँ तिम्रो, भित्रि बाहिरि रुप देखुँयो मेरो स्वार्थ नै भयो, तिम्रो सुन्दर स्वरूप देखुँतिमि हाँस्दा बादल फाटी, उज्यालिउन ति रातहरुसङ्गीत भएर गुन्जियुन, तिम्रा बोलि र बातहरु

जनावरसँग यौन प्रतिबन्धित


पाण्डे गाउले ले प्रेशित गर्नु भएको खोजमुलक समाचार ।
गएको मङ्गलबार नेदरल्याण्डको माथिल्लो सदनले जनावरसँग गरिने यौन सर्म्पर्कलाई प्रतिबन्ध लगाएको छ । संसारभर बन्ने जनावरसितको यौन सर्ंर्सगको भिडियोहरुमध्ये ८० प्रतिशत यहीँ बन्ने गरेको तथ्य सन् २००७ मा र्सार्वजनिक भएपछि त्यसको एक वर्षभत्रै त्यहाँको तल्लो सदनले यसमाथि प्रतिबन्ध लगाउन कानून बनाएको थियो । तल्लो सदनको स्वीकृति भए पनि माथिल्लो सदनले यसलाई कानूनी मान्यता दिन एक वर्षन्दा बढी समय लगाएको थियो ।
अब यो कानून बनेपछि भने संसारभर बन्ने जनावरसँग मान्छेको अप्राकृतिक यौन सम्बन्धका भिडियोहरु बन्ने क्रममा लगभग ८० प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।
यो कानून बनेपछि मानिस र जनावरबीच हुने यौन सम्बन्धका भिडियो, चाहे त्यो र्सार्वजनिक स्थलमा बनेका हुन् वा निजीस्तरमा अथवा व्यक्तिले जनावरलाई कुनै डर नदेखाई वा हानी नपुर्‍याई यस्ता भिडियो बनाइएको भए पनि कानून लाग्ने भएको छ । नेदरल्याण्डको माथिल्लो संसदको वेबसाइटले कानूनका बारेमा संक्षिप्त टिप्पणी र्सार्वजनिक गरेको छ ।
त्यसो त जनावरसँगका यौन भिडियोहरु निकै कम देखिन्छन् तर देखिएकामध्येमा पनि ती अधिकांश नेदरल्याण्डमा बन्ने कुरा त्यहाँको प्रभावशाली दैनिक पत्रिका एल्गेमिन डागब्लाडले सन् २००७ मा गरेको एक र्सर्भेबाट पुष्टी भएको थियो । पत्रिकाले यो र्सर्भे छाप्ने बित्तिकै त्यही वर्षो अप्रिल महिनामा तल्लो संसदले बिल पेश गरेको थियो भने २००८ को जुलाईमा यो बिललाई बहुमतले पारित गरेको थियो । तर गएको मंगलबार फरवरी २, २०१० मा माथिल्लो सदनले पनि यसलाई बहुमतबाट पारित गरेको छ । तर यो कानून कहिलेदेखि लागू हुने भन्ने बारेमा चाहिँ स्पष्ट पारिएको छैन ।
नेदरल्याण्डमा जनावरसित गरिएको सेक्सलाई अपराधका रुपमा लिइएको थिएन । यदि जनावरसित गरिएको सेक्समा जनावरलाई कुनै किसिमको हानी-नोक्सानी नपुर्‍याई सेक्स गरिए त्यसलाई अपराधका रुपमा नलिने कानून थियो । तर अब यो कानून पारित भएपछि भने नेदरल्याण्डमा पनि जनावरसित यौन कर्ममा लिप्त हुनुलाई अपराध ठानिने भएको छ ।

असल अविभावक बन्ने केही उपायहरु

आजको आधुनिक जमानामा बच्चालाई सम्हाल्न त्यति सजिलो छैन । असल अभिभावक बन्न सबै अभिभावकहरुलाई चुनौतीको विषय बनेको छ । यदि बच्चालाई समझदारीका साथ सम्हाल्न सकिएन भने उनीहरुलाई दिमागमा ठुलो असर पर्न सक्छ । यदि तपाई आफ्नो बच्चालाई अनुशासित, जिम्मेवार र सबैको प्रिय बनाउन चाहानुहुन्छ भने र तपाई आदर्श अभिभावक बन्न चाहानुहुन्छ भने तलका तरिकाहरु अपनाउन सक्नुहुन्छ ।१) बच्चाका सबै कुरा नकार्नु हुदैन र उनीहरुलाई गाली नगरी प्रेमले सम्झाउने गर्नुपर्छ, साथीहरुको अगाडी गाली गर्नु हुन्न। २) जब तपाईको बच्चाले कुनै काम गर्ने इच्छा गरे उसको प्रशंसा गर्न पछि नपर्नुहोस् किन भने आमाबुबाको प्रशंसा बच्चाको लागि प्रेरणाको स्रोत हुनेगर्छ र यसले गर्दा उसलाई भविष्यमा अझ राम्रो काम गर्ने इच्छा जगाउँछ।३) बच्चालाई बाल्यकालदेखि नै “सरी” र “थ्यांक यू” जस्ता शब्दहरुको प्रयोग गर्न सिकाउनु पर्छ। घरमा आएका अथितिहरुलाई सम्मान गर्न सिकाउनु पर्छ। ४) कहिले काँही बच्चाहरुको जिद्धिपन पनि स्वीकार्न सक्नुपर्छ । जिद्धिपना बाल स्वभाव नै हो त्यसैले यसलाई समझदारीका साथ सम्हाल्ने गरेमा बिस्तारै बच्चाहरुको जिद्धिपना कम हुँदै जान्छ।५) अभिभावकले बच्चाको कुराहरु सुन्नुपर्छ, उनीहरुलाई पनि बोल्ने मौका दिनुपर्छ । उनीहरुका कुरा ध्यान पुर्वक सुन्नुपर्छ । बाल मनोविज्ञानका अनुसार बच्चालाई कुरा गर्ने मौका दिँदा उसलाई सही दिशानिर्देश दिन सकिन्छ । ६) बच्चासँग साथीजस्तो व्यवहार गर्ने तर अभिभावकको अधिकार आफैसँग राख्ने गरेमा बच्चालाई सही मार्ग निर्देशन गर्न सजिलो हुन्छ ।७) बच्चाहरुलाई कहिल्यै तुलना गर्नुहुँदैन । यसले बच्चामा हिनताबोधको भावना उत्पन्न गराउँछ । प्रत्येक बच्चामा अलग अलग गुण हुन्छ । बच्चाहरुको राम्रो गुणको प्रशंसा गर्नु अभिभावकको कतव्य हो ।८) बच्चालाई बाँड्ने बानी सिकाउँनु पर्छ । खेलैना होस् या खाने कुरा होस् उसका साथीहरु त्था भाई बहिनीहरुसँग बाँडेर वा मिलेर खेल्ने बानी बसाल्ने गराउनु पर्छ । यसबाट बच्चालाई सामाजिक हुन सिकाउछ ।९) आप्ना बच्चालाई रिस, ईर्ष्या तथा द्वेषको भावनालाई प्रेरित गर्नुहुदैन । प्रत्येक कुरामा प्रतिक्रिया दिन लगाउनु हुन्न । १०) बच्चाले अनुसाशन घरबाट नै सिक्छ । त्यसको लागि आफु स्वयं अनुसासित र जिम्मेवार हुनपर्छ ।११) बच्चालाई आफ्नो पारिवारिक र आपसी झगडाको हिस्सा नबनाउने र यस्ता प्रकारका झगडामा पनि सामेल गराउनु हुन्न।१२) बच्चासँग धेरै अपेक्षा नराख्ने । प्रायः अभिभावक आफ्नो अधुरा महत्वकांक्षा आफ्नो सन्तानले साकार गरोस् भन्ने ठान्छन् तर यो गलत हो ।१३) बच्चाको सामुन्ने नकारात्मक तथा अपशब्दहरुको प्रयोग नगर्ने र बच्चाको सामुन्ने झुठ पनि नबोल्ने किनकी जस्तो तपाई बोल्नुहुन्छ त्यसको प्रभाव बच्चामा पर्छ ।१४) अभिभावकले बच्चाको लागि पनि समय निकाल्ने गर्नुपर्छ र बच्चाको दिनचर्यामा पनि सामिल हुनुपर्छ यसले बच्चाको सम्पुर्ण विकासमा टेवा पुर्याउछ ।१५) कार्यक्रम वा पारिवारिक जमघटमा बच्चालाई पनि सामेल गराउनुपर्छ । यसले बच्चालाई सामाजिक बनाउछ र हाम्रो परम्पराबाट बच्चाले धेरै कुरा सिक्ने मौका पाउँछ ।१६) बच्चाका जिज्ञासा वा कौतुहलतामा नरिसाई समझदारीका साथ कौतुहलता मेटाउने र उसका जिज्ञासालाई शान्त पार्नुपर्छ।१७) बच्चालाई धेरै छुट दिनु हुदैन यसले बच्चालाई लापरबाही बनाउन सक्छ। बच्चालाई कुनै पनि स्वतन्त्रता दिनु भन्दा पहिले उसको जरुरत भन्दा बढी नदिने ताकि उसले सबै चिज वा भावनाको कदर गर्न सकोस् ।१८) बच्चालाई आत्मनिर्भर बन्न सिकाउनु पर्छ। उसका साना साना काम आफै गर्न लगाउने गर्नुपर्छ। यस्तो गर्दा बाल्यवस्था देखि नै बच्चाहरु जिम्मेवार तथा आत्मनिर्भर बनाउन सिकाउँछ।यस्ता कुराहरुलाई ध्यानमा राखी बच्चाको दिनचर्यामा सुधार गरी तपाई एक आदर्श अभिभावकको भुमिका निभाउन सक्नुहुन्छ ।

स्वास्थका लागि यौन सम्बन्ध

अमेरीकामा चिकत्सकले गरेको एक अनुसन्धान अनसार जुन व्यक्तिले महिनाको एक पटक यौन सम्बन्ध राख्छ उसलाई हृदय रोग सम्बन्धी खतरा हुन सक्छ। त्यस्तो व्यक्तिले हप्ताको एक वा दुईपटक यौन सम्बन्ध राख्दा हृदय सम्बन्धी समस्या कम हुन जान्छ।
अमेरिकन जरनल अफ कार्डियोलोजीको अनुसन्धानलका अनुसार यदि तपाई राम्ररी यौन सम्बन्ध राख्ने गर्नु भएमा तपाईको स्वास्थलाई फाईदा हुन्छ। अनुसन्धानका क्रममा यौन प्रक्रियाले गर्दा शरिरको राम्रो कसरत हुनाका साथ स्फुर्तीपना जगाउछ जसले तपाईको स्वास्थका लागि फाइदाजनक हुन्छ।
अनुसनधानका अनुसार प्रेमले औषधीको रुपमा काम गर्दछ भने यौन सम्बन्धले पौष्टिक आहाराको रुपमा शरिरलाई फाईदा पुर्याईरहेको हुन्छ। अर्कातिर यौन सम्बन्धको दौरानमा मानिसको शरिरबाट ५० देखि १०० क्यालोरी घट्न जान्छ जुन स्वास्थ्यका दृष्टिले अति लाभदायक हुन्छ।